चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 473 of 1153
  • 2026-11-22
  • 19:23:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चार जना कर्मचारी उपसचिव पदमा बढुवा सिफारिस

काठमाडौँ– चार जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयले चार जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो । आज (आइतबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ। बढुवा समितिको शनिवारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूह, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि निराकार थापा रहेका छन्। यस्तै, नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूहतर्फ स्वतन्त्र कुमार कर्ण रहेका छन्। यसैगरी नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन समूहतर्फ अनिल भुजेल र नेपाल इन्जिनियरिङ सेवा, मेटेरियोलोजी समूहतर्फ सन्नी महर्जनलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।  

News by चार जना कर्मचारी उपसचिव पदमा बढुवा सिफारिस :