यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-11-21
  • 16:42:58
  • शनिबार,मंसिर ०६, २०८३
  • यस्तो रहनेछ आज देशभरको मौसम

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको जानकार िदिएको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ।

    महाशाखाका अनुसार, आज दिउँसो तराईका अधिकांश स्थानमा मध्याह्न सम्म हुस्सु तथा कुहिरो रहने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।