आठ जना सहसचिव पदमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-11-21
  • 16:42:56
  • शनिबार,मंसिर ०६, २०८३
  • आठ जना सहसचिव पदमा बढुवा सिफारिस

    आठ जना सहसचिव पदमा बढुवा सिफारिस

    काठमाडौँ– आठ जना कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। आज (शुक्रबार) न्याय सेवा आयोगले आठ जना कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

    आयोगले रिक्त रहेको नेपाल न्याय सेवा, सरकारी वकिल समूह, रा.प.प्रथम श्रेणी, सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।