चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 337 of 1152
  • 2026-11-22
  • 08:38:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एमालेको नजरमा चुनावी हारको प्रमुख कारण(जेनजी) को उदय (पूर्णपाठसहित)

काठमाडौँ– आज (बुधबार) नेकपा एमालेको जनसंगठनको बैठक बसेको छ । एमालेले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको हार र घट्दो जनमतका पछाडि मुख्य रूपमा नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो मनोविज्ञानलाई प्रमुख कारण मानेको छ। आज बसेको जनसंगठनको बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समकालीन राजनीतिमा जेनजी पुस्ताको प्रभावले शक्ति सन्तुलनलाई नयाँ दिशातर्फ धकेलेको भन्दै हारका २० वटा मुख्य कारणहरू औँल्याएका हुन्। महासचिव पोखरेलले प्रस्तुत गरेको विश्लेषणअनुसार निर्वाचनमा एमालेसहितका परम्परागत दलहरूले भोगेको चुनौती केवल चुनावी नतिजा मात्र नभई सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनको संयुक्त परिणाम हो। नयाँ पुस्ताले विचारधारा, इतिहास वा पार्टीप्रतिको बफादारिताभन्दा पनि कामको नतिजा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन थालेको निष्कर्ष पार्टीले निकालेको छ। बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङजस्ता नयाँ शक्ति र उम्मेदवारहरूको उदयले परम्परागत राजनीतिक संरचनामै ठूलो चुनौती खडा गरेको उल्लेख छ। पुराना दलहरूले लामो समय शासन गर्दा पनि नागरिकको दैनिक जीवन र सेवा प्रवाहमा सुधार नदेखिएपछि युवा पुस्ता नयाँ विकल्पतर्फ आकर्षित भएको एमालेको बुझाइ छ। यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटनलाई नयाँ पुस्ताले शक्ति संघर्ष र राजनीतिक स्वार्थका रूपमा बुझेको र त्यसले राजनीतिक अस्थिरता निम्त्याएको धारणा विकास हुनुलाई पनि हारको एक प्रमुख कारण मानिएको छ। साथै, एमालेको आन्तरिक एकता कमजोर देखिएको र स्थिरता दिन सक्छ भन्ने विश्वासमा चोट पुगेको स्वीकार गरिएको छ। प्रतिनिधि सभा निर्वाचनमा एमालेले २५ सिटमात्रै जितेको थियो।  

News by एमालेको नजरमा चुनावी हारको प्रमुख कारण(जेनजी) को उदय (पूर्णपाठसहित) :