चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1062 of 1109
  • 2026-10-08
  • 18:56:21
  • बिहिबार,आश्विन २२, २०८३

About Author

लोसपाका सचेतक उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्दै

काठमार्डौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक एवं प्रतनिधिसभा सदस्य उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्न लागेका छन्। तत्कालीन संघीय समाजवादी पार्टीबाट धनुषा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लोसपा नेता अरगरिया एमालेमा प्रवेश गर्न लागेका हुन्। उनलाई पार्टीमा प्रवेश गराउन धनुषाको तीनकौरिया चोकमा असोज ८ गते एमालेले आयोजना गर्न लागेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली फेरी धनुषा आउनेछन्। ‘लोसपा पार्टीभित्रको भद्रगोल अवस्था देखेर पार्टी छाड्न लागेको छु’, अरगरियाले नेपालखबरसँग भने, ‘एमालेले असोज ८ गते आयोजना गर्ने पार्टी प्रवेश कार्यक्रममार्फत एमालेमा प्रवेश गर्नेछु।’ तर अरगरियाले अहिलेसम्म लोसपामा राजीनामा बुझाएका छैनन्। उनका अनुसार असोज ३ गते पार्टी नेतृत्वसमक्ष राजीनामा बुझाउने छन्। निर्वाचन नजिकिएसँगै मधेश प्रदेशमा पार्टी परिवर्तनको होडबाजी नै चलेको छ। मधेश प्रदेशमा गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कमजोर परिणाममा निकालेको नेकपा एमालेले यसको फाइदा उठाइरहेको छ। यही भदौ २७ गते मात्रै एमालेले जनकपुरधाममा आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य एमालेमा प्रवेश गरेका थिए। यसका साथै नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धनुषाको सभापतिमा पराजित सन्तोष यादवलाई समेत ओलीले एमालेमा प्रवेश गराएका थिए।

News by लोसपाका सचेतक उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्दै :