चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1079 of 1101
  • 2026-10-05
  • 10:06:47
  • सोमबार,आश्विन १९, २०८३

About Author

केपी ओलीले मलाई असफल पार्नेबाहेक अरु काम गरेनन् : अध्यक्ष प्रचण्ड

काठमाण्डौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन्। चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्ने बाहेक अरु काम नगरेको आरोप लगाएका हुन्। राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरे। ‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भने, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो । पटक पटक प्रतिनिधिसभा विघटन गर्ने। र प्रचण्डलाई चैँ कसरी हुन्छ चितवनमा असफल पार्ने बाहेक प्रधानमन्त्रीका रुपमा मेरा सहअध्यक्ष (केपी ओली) को अर्को भूमिका देख्न पाइनँ।

News by केपी ओलीले मलाई असफल पार्नेबाहेक अरु काम गरेनन् : अध्यक्ष प्रचण्ड :