सबैको पहिचान स्वीकार नगर्दा प्रदेश नामकरण हुन सकेन : हिक्मत कार्की - Chaitanya News
  • 2026-04-20
  • 22:07:27
  • सोमबार,बैशाख ०७, २०८३
  • सबैको पहिचान स्वीकार नगर्दा प्रदेश नामकरण हुन सकेन : हिक्मत कार्की

    सबैको पहिचान स्वीकार नगर्दा प्रदेश नामकरण हुन सकेन : हिक्मत कार्की

    दमक– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं नेकपा एमालेको तर्फबाट प्रदेशको नामाकरणको विषयमा सहजिकरण गर्न बनाएको कार्यदलका संयोजक हिक्मत कार्कीले प्रदेश १ को नामाकरण यो प्रदेश सभाले गर्न नसक्ने अवस्था आएको बताएका छन। प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका कार्कीले यसमा एमालेसहित सबै राजनीतिक दलहरु चुकेको भन्दै यस्तो बताए।

    झापाको दमकमा पत्रकार भेटघाट गर्दै मन्त्री कार्कीले अब प्रदेशको नामाकरण सम्भव देखिन छाडेको बताउदै लामो समय सरकारको रहेको र सबैभन्दा ठूलो दलको हिसाबले यसको नैतिक जिम्मेवार आफूहरु पनि रहेको बताए। पछिल्लो समय मुख्यमन्त्री राजेन्द्र राईको अभिव्यक्तिका कारण समस्या भएको समेत उनको भनाइ थियो।

    ‘‘प्रदेशको नामाकरणमा हामी सबैको पहिचानको झल्कने नामको पक्षमा रहेका थियौँ र छौँ तर जातीय पहिचान झल्कने नाम अहिलेको सरकारले ल्याउन खोजेपछि समस्या भएको हो,’’ कार्कीले भने। तीन वर्षभन्दा लामो समय आफूहरुले प्रदेश सरकारको नेतृत्व गरेको र त्यो समयमा प्रदेशका संरचनाहरु निर्माण तथा कोरोना महामारीका कारण ध्यान त्यसमा केन्द्रित गरेकाले नामाकरणको विषयमा पर्याप्त छलफल हुन नपाएको कार्कीको भनाइ थियो।