चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1053 of 1104
  • 2026-10-07
  • 01:14:35
  • मंगलबार,आश्विन २०, २०८३

About Author

धनगढीमा चैतन्य एकेडेमीद्वारा नि:शुल्क लोकसेवा तयारी अभिमूखीकरण हुने

धनगढी- चैतन्य एकेडेमीले धनगढीमा लोकसेवा सम्बन्धि नि:शुल्क अभिमूखिकरण कार्यक्रम गर्ने भएको छ। लोकसेवाको तयारीका लागि धनगढीमा शाखा विस्तार गरेसँगै एकेडेमीले नि:शुल्क अभिमूखिकरण कार्यक्रम गर्ने भएको हो। कार्यक्रमको आयोजना असोज ८ गते शनिबार बिहान ८:०० बजे गरिने छ। काठमाडौंको शंखमुलमा रहेर विगत १० वर्षदेखि लोकसेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिङ सेवा, खरिदारदेखि सहसचिव लगायत विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको चैतन्यले धनगढीको शिवनगरमा आफ्नो शाखा विस्तार गरेको हो। एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले आफ्नै जन्मभूमी सूदूरपश्चिम क्षेत्रमै गुणस्तरीय लोक सेवा आयोग तयारी कक्षा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ एकेडेमीले शाखा विस्तार गरिएको बताए। ‘म पनि धनगढीकै स्थानीय हुँ। आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच बाल्यकालदेखि नै थियो। लोकसेवा तयारी गर्न चाहने तथा काठमाडौं आउन नसक्नेहरूका लागि अब एकेडेमीले धनगढीकै उत्कृष्ठ सेवा प्रदान गर्ने छ,’ उनले भने। लोकसेवा आयोगका तयारीका बहुआयामीक पक्षहरूमा आगमि शनिबार बिहान ८:०० बजे।एकेडेमीले नि:शुल्क अभिमुखीकरण एवं उत्प्रेरणा कक्षा प्रदान गर्ने उनले बताए। नेपाल सरकार सहसचिव तथा विज्ञ प्रशिक्षक देवराज जोशीले प्रशिक्षण दिने भएका छन्। यसका साथै चैतन्यको व्यवस्थापकीय नेतृत्वमा धनगढीको शिवनगरमा चैतन्य पाठशाला समेत सञ्चालनमा रहेको छ। चैतन्यले तालिम, क्षमता विकास र राष्ट्रिय तथा अन्तरास्ट्रिय सेमिनारको पनि आयोजना गर्दै आएको छ। यहि असोज १ र २ गते मात्रै एकेडेमीले देशका विभिन्न पालिकाका पालिका प्रमुख/उपप्रमुख, उच्च पदस्थ कर्मचारीको उपस्थितिमा धुलिखेलमा ‘सुशासन र समृद्धि’ विषयक सेमिनार पनि सञ्चालन गरेको थियो। देशमा उपलब्ध उत्कृष्ट विज्ञ/प्रशिक्षकको सहजीकरणमा लोकसेवा तयारी कक्षा सञ्चालन गराउँदै आएको चैतन्य तयारी कक्षाको क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल भएको छ।  

News by धनगढीमा चैतन्य एकेडेमीद्वारा नि:शुल्क लोकसेवा तयारी अभिमूखीकरण हुने :