चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1050 of 1104
  • 2026-10-07
  • 02:07:57
  • मंगलबार,आश्विन २०, २०८३

About Author

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

काठमाडौँ – विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दैछन्। सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलगिएका उनी आज राप्रपामा प्रवेश गर्न लागेका हुन्। उनले अध्यक्ष पदबाट भने यसअघि नै राजीनामा दिइसकेका थिए। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार मिश्रसहित केही नेताहरू राप्रपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम दिउँसो एक बजे स्मार्ट दरबार बैङ्क्वेट, शंखपार्क पछाडि चक्रपथमा आयोजना हुँदैछ। स्रोतका अनुसार उनी राप्रपा प्रवेश गरेर काठमाडौँ( १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताइएको छ।

News by विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै :