एमाले केन्द्रीय कमिटीका सल्लाहकार सदस्य यादव जसपा प्रवेश - Chaitanya News
  • 2026-06-03
  • 20:35:36
  • बुधबार,जेठ २०, २०८३
  • एमाले केन्द्रीय कमिटीका सल्लाहकार सदस्य यादव जसपा प्रवेश

    एमाले केन्द्रीय कमिटीका सल्लाहकार सदस्य यादव जसपा प्रवेश

    काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीका सल्लाहकार सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्।

    सोमबार पत्रकार सम्मेलन गरी उनले एमाले परित्याग गरी जनता समाजवादी पार्टी प्रवेश गरेको जानकारी दिएका हुन्।

    आगामी मंसिर ४ गते धनुषा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनको तयारी छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शनिबार एमाले प्रवेश गरेका उमाशंकर अरगरियालाई टिकट दिने घोषणा गरेपछि यादव असन्तुष्ट बनेका थिए।

    पार्टीले योगदानको मूल्यांकन नगरेकाले एमाले परित्याग गर्नुपरेको उनको भनाइ छ। यादव यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन्।