चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1046 of 1104
  • 2026-10-07
  • 03:51:53
  • मंगलबार,आश्विन २०, २०८३

About Author

कानूनले तोकेको भन्दा बाहिरको व्यक्तिलाई अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न काउन्सिलको चेतावनी

काठमाडौं– कानूनले तोकेको भन्दा बाहिरको व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न नेपाल मेडिकल काउन्सिलले चेतावनी दिएको छ। विभिन्न स्वास्थ्य संस्थामा अनाधिकृत व्यक्तिहरूले अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको व्यापक गुनासो आइरहेको भन्दै काउन्सिलले त्यस्तो नगर्न भनेको हो। कानूनले तोकेको बाहेकका व्यक्तिले अल्ट्रासाउण्ड प्रवाह गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने प्रष्ट पारेको छ। व्यापक रूपमा जनगुनासो आएपछि काउन्सिलले सरोकारवाला निकायहरूलाई बोलाएर छलफल गरेको थियो। उक्त छलफलपछि कानूनले तोकेको मापदण्डभन्दा बाहिरको व्यक्तिलाई अल्ट्रासाउण्ड सेवा प्रवाह गर्न नदिनेमा सरोकारवाला सहमत भएका थिए। कानुनअनुसार चिकित्साशास्त्रको कुनैपनि विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी काउन्सिलबाट प्रमाणपत्र लिएको चिकित्सकले मात्र अल्ट्रासाउण्ड सेवा दिन पाउने व्यवस्था छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी “स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को दफा २३ मा उल्लेख भए बमोजिम एक्सरे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, लगायतका रेडियोलोजी सेवा तथा सो को रिपोर्टिङ्ग रेडियोलोजिष्टहरुले मात्र गर्न पाउने व्यबस्था छ। यसका साथै जीवन बचाउने, हात गोडा बचाउने लगायतका आकस्मिक अवस्थाहरु बाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफै वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने भन्ने छ।

News by कानूनले तोकेको भन्दा बाहिरको व्यक्तिलाई अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न काउन्सिलको चेतावनी :