चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 785 of 1152
  • 2026-11-22
  • 04:52:34
  • शनिबार,मंसिर ०६, २०८३

About Author

७ सय बढी स्थानीय तहले ल्याए बजेट: पूर्वाधार विकास र वडास्तरीय गौरव योजनालाई प्राथमिकता

काठमाडौं -  देशभरका ७ सयभन्दा बढी स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्र्यक्रमसहित आइतबार बजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममाथि दुई, तीन अघिदेखि छलफल शुरू गरेका स्थानीय तहले पनि हिजो नै बजेट सार्वजनिक गरेका हुन् । सम्बन्धित स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष नीति तथा कार्यक्रम वाचन गरेका थिए । अधिकांश पूर्वाधार, वातावरणदेखि सरसफाइ र नगर र वडास्तरीय गौरव योजनालाई समेटिएको छ । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट असार १० गतेभित्रमा कार्यपालिकाबाट स्वीकृति गराई नगरसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

News by ७ सय बढी स्थानीय तहले ल्याए बजेट: पूर्वाधार विकास र वडास्तरीय गौरव योजनालाई प्राथमिकता :