उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार चीन भ्रमणमा जाने - Chaitanya News
  • 2026-11-16
  • 13:15:07
  • सोमबार,मंसिर ०१, २०८३
  • उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार चीन भ्रमणमा जाने

    उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार चीन भ्रमणमा जाने

    काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ आगामी मंगलबार चार दिने भ्रमणका लागि चीन जान लागेका हुन् ।

    श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् ।

    चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रुपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।

    उनको टोलीमा गृह मन्त्रालयका सहसचिव सहितको प्रतिनिधित्व रहने जनाइएको छ ।

    छिन्दुमा रहँदा उनले त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्नेलगायतका कार्यक्रम रहेको छ । उनी शुक्रवार स्वदेश फर्कने छन् ।