चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 474 of 1153
  • 2026-11-22
  • 13:33:20
  • आइतबार,मंसिर ०७, २०८३

About Author

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८२ सुरु

काठमाडौँ– दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह–२०८२ सुरु गरेको छ। आज (शुक्रबार) देखि एक हप्तासम्म २ माघमा समापन गर्ने गरी ट्राफिक सप्ताह सुरु गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालय एसएसपी नवराज अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने बताए। ‘विविध कारणले दुर्घटना हुने र जनधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यअनुसार ट्राफिक सप्ताह गर्न लागिएको हो। जहाँ ट्राफिकसम्बन्धी जनचेतना फैलाउने काम गरिन्छ,’ एसएसपी अधिकारीले भने। शुक्रबारबाट रक्तदान गरेर सुरु गरिने यो अभियानमा विविध कार्यक्रमहरू समेटिएका छन्। ट्राफिक सम्बन्धी जनचेतना मूलक सन्देश दूरसञ्चार सेवा प्रदायक कम्पनीमार्फत रिङटोनको रूपमा बजाउने, काठमाडौँ उपत्यकामा ट्राफिक सम्बन्धी बोर्डहरू राख्ने, दुर्घटना सम्बन्धी वृत्तचित्र प्रदर्शन गर्ने लगायतका कार्यक्रम गरिने एसपी तथा प्रवक्ता नरेश राज सुवेदीले पत्रकार सम्मेलनमा बताए। रात्रि कालिन लामो तथा मध्यम दुरीका सवारीहरूमा एक मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गर्ने, राइड सेयर एप चालकहरूलाई दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, भाडाका तथा सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीक्यामेरा राख्न आवश्यक समन्वय समेत गरिने बताइएको छ।

News by दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८२ सुरु :