प्रतिनिधिसभा निर्वाचनः महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने - Chaitanya News
  • 2026-10-06
  • 08:41:27
  • मंगलबार,आश्विन २०, २०८३
  • प्रतिनिधिसभा निर्वाचनः महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

    प्रतिनिधिसभा निर्वाचनः महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

    महोत्तरी– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

    निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति महोत्तरीले आज जारी गरेको निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकिकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको हो।

    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदद्वारा जारी सूचनामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत (नेपाल प्रहरी–सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उल्लेख छ।

    चार निर्वाचनक्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि २५८ मतदान स्थल, ५३६ मतदानकेन्द्र र चार लाख ३१ हजार २८२ मतदाता कायम भएका छन्।