चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1014 of 1151
  • 2026-11-21
  • 09:44:30
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं-  सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । अहिले जारी बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता छलफलमा जुटेका छन् । मन्त्रिपरिषद विस्तार, सरकारको मूल नीति र कार्यक्रमलगायतका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सत्ता गठबन्धनले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट ७ मन्त्रीले सपथ लिएका थिए । प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए । राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।