चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1010 of 1151
  • 2026-11-21
  • 10:00:51
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रधानमन्त्री प्रचण्डलदे मन्त्रालयका सचिवसँग छलफल गर्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्न लागेका हुन्। मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा छलफल केन्द्रित रहने बताइएको छ। यसैबीच आजै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छलफल गर्न लागेका छन्। सोमबार बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म ८ जना मन्त्री बनाएका छन्। तर अधिकांश मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने गरी राखिएको छ। मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको छ।

News by प्रधानमन्त्री प्रचण्डलदे मन्त्रालयका सचिवसँग छलफल गर्ने :