चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 933 of 1152
  • 2026-11-22
  • 10:03:16
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्। प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपति कार्यालय शितल निवास पुगेर उक्त प्रतिवेदन बुझाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ। संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

News by प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई सरकारको वार्षिक प्रतिवेदन :