चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 831 of 1153
  • 2026-11-22
  • 18:27:14
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नागरिक उन्मुक्तिले फिर्ता गर्‍यो आमहड्तालका कार्यक्रम

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको आमहड्ताल कार्यक्रम फिर्ता लिएको छ। टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलालाई नै जेठ २ मा सर्वोच अदालतले पनि सदर गरेपछि नागरिक उन्मुक्तिले ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी गराएपछि नेपाल बन्दको कार्यक्रम फिर्ता लिइएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। फौजदारी विधेयक संसद्मा टेबुल भइसकेको र कानून संशोधन गरेर भए पनि अन्य राजबन्दीको रिहाइ गर्ने प्रतिबद्धता जनाएकाले नेपाल बन्द फिर्ता लिएको पार्टीले जनाएको छ।

News by नागरिक उन्मुक्तिले फिर्ता गर्‍यो आमहड्तालका कार्यक्रम :