काठमाडौं- सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई नि:शुल्क विद्युत वितरण गर्ने घोषणा गरेको छ।
संसदमा संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त बताएका हुन्।
नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले अबको दुई वर्षभित्र सबैको घरमा विद्युतको पहुँच पुर्याउने घोषणा गरेका छन्। खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ।साथै विपन्न वर्गलाई निशुल्क रुपमा विद्युतिय मिटर प्रदान गरिने समेत उनले बताएका छन्।