चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 750 of 1153
  • 2026-11-23
  • 00:11:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

महासचिव पोखरेल भन्छन्- सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम जोडिनु गम्भीर

काठमाडौं- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरूको नाम नै सुन तस्करीमा जोडिनु गम्भीर विषय भएको बताएका छन्। सुन तस्करीको विषय प्रतिनिधिसभा बैठकमा समेत उठ्नु पर्ने उनको धारणा छ। ‘दिनहुँ सुन तस्करीका समाचारहरू आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ। केही दिन अघि इलेक्ट्रिक सिगरेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो,’ पोखरेलले भनेका छन्, ‘हिजो त एयरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन बाहिरिएको सुरक्षा निकायले समातेको समाचार छ।’ एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय उनको टिप्पणी छ। 'त्यस माथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ, राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रूपमा जानु आवश्यक छ,’ उनले भने।  

News by महासचिव पोखरेल भन्छन्- सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम जोडिनु गम्भीर :