सिलगढी- डोटी बहुमुखी क्याम्पस डोटीको सहायक क्याम्पस प्रमुखमा लोकराज भट्ट नियुक्त भएका छन्।
लामो समयदेखि डोटी बहुमुखी क्याम्पसमा कार्यरत उप्राध्यापक लोकराज भट्ट क्याम्पस प्रमुख दिलानन्द जोशीको सिफारिसमा त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यलयले भट्टलाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेको हो।
डोटी बहुमुखी क्याम्पसका प्रमुख जोशीले क्याम्पसमा कार्यरत उपप्राध्यापकमध्ये जेष्ठताका आधारमा भट्टलाई सहायक क्याम्पस प्रमुखका लागि सिफारिस गरेको बताए। नवनियुक्त सहायक क्याम्पस प्रमुखलाई बधाई दिँदै तपाईंको कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर अझैँ मजबुत हुनेछ भन्ने विश्वास लिएको क्याम्पस प्रमुख जोशीले बताए।
नवनियुक्त सहायक क्याम्पस प्रमुख भट्टले बुधबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण कार्यक्रममा बोल्दै क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्नमा आफ्नो ध्यान केन्द्रित हुने र आफूले त्रिवि ऎन नियमअनुसार दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पूरा गर्ने नवनियुक्त सहायक क्याम्पस प्रमुख भट्टले बताए। पदभार ग्रहण कार्यक्रम पश्चात् क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले नवनियुक्त सहायक क्याम्पस प्रमुख भट्टलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए।