चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 482 of 1153
  • 2026-11-22
  • 15:01:54
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपत्यकाका ३ मालपोत कार्यालय प्रमुख फेरिए

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरेको छ। सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो। सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ। भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा।डा। कुमार इङनामले केही समयअघि छड्के अनुगमन गरेका थिए। त्यसक्रममा कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन्। उनीहरुलाई केपी शर्मा ओली नेतृत्वका सरकारका मन्त्री बलराम अधिकारीको पालमा कार्यालय प्रमुखका रुपमा ती कार्यालयमा सरुवा भएका थिए। वर्तमान सरकारले हटाएको हो। उपत्यकाका यी कार्यालयहरुमा बिचौलियाको बिगबिगी हुने गरेको र त्यसमा कर्मचारीहरुको संलग्नता हुने गरेको गुनासो आउने गरेको मन्त्रालय स्रोत बताउँछु।

News by उपत्यकाका ३ मालपोत कार्यालय प्रमुख फेरिए :