चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 230 of 1152
  • 2026-11-21
  • 17:02:06
  • शनिबार,मंसिर ०६, २०८३

About Author

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। बेइजिङमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा दुई पक्षबीच सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको थियो। “हामीले जनताजनताबीचको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गर्‍यौँ र दुवै देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्‍यौँ”, भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्। आजै परराष्ट्र मन्त्री खनाल र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको थियो। उनले यसअघि ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च तथा चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन भ्रमण गरेका थिए। परराष्ट्र मन्त्री खनालले आइतबार उनको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए। साथै उनले नेपाली राजदूतावास परिसरमा वृक्षारोपण गरेका थिए। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका थिए। मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।

News by परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता :