आजको मौसम: सातै प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-06-16
  • 10:08:44
  • मंगलबार,आषाढ ०२, २०८३
  • आजको मौसम: सातै प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना

    आजको मौसम: सातै प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ।

    जसको प्रभावले हाल देशको हिमाली र पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई भू(भागमा साधरणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै, महाशाखाका अनुसार, आज दिउसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू(भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ।

    आज राति देशको हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।