चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 205 of 1159
  • 2026-11-25
  • 11:02:00
  • बुधबार,मंसिर १०, २०८३

About Author

फिफा विश्वकपः क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश

काठमाडौँ– क्यानडाको टोरन्टो स्टेडियममा आज भएको फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे। खेलमा पहिलो अग्रता भने क्रोएसियाले लियो। खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको ६८ औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल गरे। त्यसयता खेलमा गोल हुन सकेन र पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित हासिल गर्‍यो। अब पोर्चुगलले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

News by फिफा विश्वकपः क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश :