चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 926 of 1153
  • 2026-11-23
  • 09:44:15
  • सोमबार,मंसिर ०८, २०८३

About Author

गोल्ड मेडलिस्ट बडैला बने स्वतन्त्र विद्यार्थी समाजबाट त्रिविको स्ववियु उम्मेदवार

काठमाडौं- त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापतिमा एक जना गोल्ड मेडलिस्ट विद्यार्थीले पनि उम्मेदवारी दर्ता गरेका छन्। नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट मास्टर्स तर्फका गोल्ड मेडलिस्ट विद्यार्थी विष्णु बैडेलाले आफ्नो टिमसहित स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उनको टिमबाट सचिवमा अंग्रेजीका टपर योगेन्द्र बम र कोषाध्यक्षमा निश्चल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। सदस्यमा जीनराज ढुंगाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहोरा उम्मेदवार बनेका छन्। 'हामी सबै कलेजमा आएका छौं। विद्यार्थीका समस्यालाई नजिकबाट बु्झेका छौं। क्याम्पसका समस्यासँग पनि हामी जानकार छौं,' उम्मेदवार बडैलाले भने, 'त्रिविको स्ववियु विवेकशील हुनुपर्छ। खोक्रा राजनीतिक भाषणमात्रै गर्ने भन्दा पनि अध्ययन गर्ने बौद्धिक हुनु्पर्छ। राजनीतिका नाममा ढुंगामुडा गर्ने भन्दा पनि बौद्धिक रूपमा समस्याको हल खोज्ने व्यक्तिलाई यहाँहरूले जिताउनु हुनेछ भन्ने विश्वास छ।' नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवार बनेका अधिकांश नेता यसअघि त्रिविमा नेविसंघको राजनीतिमा सक्रिय थिए। तर गुटको आधारमा उम्मेदवार बनाइएपछि उनीहरूले स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवारी दिएको बताएका छन्।

News by गोल्ड मेडलिस्ट बडैला बने स्वतन्त्र विद्यार्थी समाजबाट त्रिविको स्ववियु उम्मेदवार :