चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 703 of 1153
  • 2026-11-22
  • 15:29:40
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चैतन्य राशिफलः आज कुन राशिको आयआर्जन राम्रो छ ?

  मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य जीवन सन्तोषजनक रहनेछ । आयआर्जन राम्रो छ । पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ । मन प्रसन्न हुनेछ । वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोल्दा ख्याल गर्नुहोला । वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह) मन खिन्न हुनेछ । भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ । कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन सामान्य राम्रो छ । प्रेममा सफलता मिल्नेछ । शत्रु बढ्नेछन् । सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन राम्रो छ । पुराना रोगबाट छुटकारा मिल्नेछ । प्रसन्नता बढ्नेछ । कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दिन सन्तोषजनक रहेको छ । ज्ञानको उदय हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । अचानक लाभ हुनेछ । तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । तर, शत्रु निस्तेज हुनेछन् । वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुराना घाउ बल्झने सम्भावना छ । धार्मिक क्षेत्रमा मन जानेछ । बोल्दा ख्याल गर्नुहोला । धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ । झुठा आरोप लाग्नेछ । मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मानसिक विचलन हुने देखिन्छ । शनिबार वरपिपलमा जल चढाउने गर्नुहोला । कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द) आफन्तबाटै आरोप खेप्नुपर्नेछ । सम्पत्ति आर्जन हुनेछ । मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) खर्च बढ्नेछ । भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ ।  

News by चैतन्य राशिफलः आज कुन राशिको आयआर्जन राम्रो छ ? :