चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 689 of 1153
  • 2026-11-22
  • 14:02:08
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चैतन्य राशिफलः कुन राशिको आजको राशिफल कस्तो ?

  मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिनाभरि संघर्ष गर्नुपरे पनि अन्त्यमा उपलब्धि प्राप्त गर्न सफल भइनेछ। तर आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने समय छ। लगानी परे पनि दिगो काम, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ। मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरूको भरपर्दा काममा धोका पाइनेछ। आलस्य गर्ने प्रवृत्तिले अध्ययनको लक्ष्य प्राप्त नहुन सक्छ। नियमित प्रयास गर्दा कर्मसिद्धि हुनेछ। प्रयत्न गर्दा सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयमा निर्णय लिन नसक्दा केही पछि परिनेछ। घरका समस्याले सामाजिक काममा बाधा पुर्याउन सक्छ। आफ्नैले उल्झनमा फसाउन सक्छन्। सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी हातलागी हुनेछ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्न सकिनेछ। कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पेसा–व्यवसायमा सुधारका लक्षण देखिनेछन्। महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै सामान्य अर्थलाभ हुनेछ र जीवनशैलीमा पनि क्रमशः सुधार आउनेछ। अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला। तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च लागे पनि स्रोत–साधन जुटाउन सकिनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। प्रयत्न गर्दा नयाँ कार्य थालनी हुन सक्छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ। काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। लगनशील बन्दा अध्ययनमा भने लक्ष्य प्राप्त गर्न सकिनेछ। धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामान्य व्यापार भए पनि फाइदा कममात्र हुनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्वास्थ्यमा पनि समस्या देखापर्नेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउनेछ। अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुन सक्छ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ र सफलताको सिढी उक्लन समय लाग्नेछ। कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द) किनमेल, यात्रा र भेटघाटले महिना केही खर्चिलो रहनेछ। अवसर आए पनि समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कर्ममा विश्वास गर्नेहरूलाई पनि केही विघ्नबाधा आइरहनेछन्। वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ। घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ।