चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 111 of 1150
  • 2026-11-20
  • 09:08:47
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग भिड्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ। यी दुई टोलीबीचको खेल बिहीबार बिहान ९ः१५ बजेदेखि डार्विनस्थित गार्डेन ओभलको मैदानमा सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ। नेपालले सुरुआती दुई खेलमा पराजय व्यहोर्दा पछिल्लो दुई खेलमा लगातार जित दर्ता गरेको थियो। नेपालले आफ्नो तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध चार विकेटको जित निकालेको थियो। नेपालले पहिलो र दोस्रो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध ९ विकेटको पराजय व्यहोरेको थियो । सेमिफाइनलमा पुग्न आजको खेल नेपालका लागि महत्त्वपूर्ण छ। ताजा स्थितिमा नेपाल चार अंकसहित तालिकाको सातौँ स्थानमा छ। उता हैदराबादसँग पनि चार अंक नै छ। उसले पनि चार खेल खेल्दा दुईमा जित र दुई खेलमा पराजय व्यहोरेको छ।

News by टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग भिड्दै :