बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धारका लागि ३० हेलिकोप्टर तयारी अवस्थामा, राहतका लागि अनलाइन रिपोर्ट गर्न अपिल - Chaitanya News
  • 2026-08-27
  • 10:25:31
  • बिहिबार,भाद्र ११, २०८३
  • बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धारका लागि ३० हेलिकोप्टर तयारी अवस्थामा, राहतका लागि अनलाइन रिपोर्ट गर्न अपिल

    बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धारका लागि ३० हेलिकोप्टर तयारी अवस्थामा, राहतका लागि अनलाइन रिपोर्ट गर्न अपिल

    काठमाडौँ– बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ‘रेस्क्यु कोअर्डिनेसन सेन्टर’ (आरसीसी) मार्फत ३० वटा हेलिकोप्टर परिचालनको तयारी गरिएको छ।

    आज बिहान ६ः३० बजेदेखि नै तत्काल खटिन सक्ने गरी २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् भने बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित भइसकेका छन्।

    प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिने जनाइएको छ। सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए०को निर्देशनअनुसार हेलिकोप्टरहरू परिचालन गरिनेछन्।

    प्राधिकरणले आपत्कालीन उद्धार तथा राहत आवश्यक परेमा सर्वसाधारणलाई आधिकारिक वेबसाइट मार्फत तुरुन्त रिपोर्ट गर्नसमेत अपिल गरेको छ।