चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1099 of 1151
  • 2026-11-20
  • 12:18:43
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार, छोरी पनि घाइते

काठमाडौं, असोज ६ कैलालीको गौरीगंगा नगरपालिकामा एक महिलाको उनकै श्रीमानले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नामजाली मगरको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हो। घटना पछि श्रीमान शेरबहादुर नामजाली मगर फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए। घटनामा मृतक मगरकी १७ वर्षीया छोरी घाइते भएकी छन्। घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

News by कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार, छोरी पनि घाइते :