चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1039 of 1165
  • 2026-11-28
  • 04:10:52
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

दुई चालक नराख्ने लामोदुरीका ४१ बस कारबाहीमा

काठमाडौं – लामोदुरीका यात्रुवाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले काठमाडौँको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाएपछि कारबाही गरेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार टिसिए एपमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङ्गा नाका सहित सातै वटै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको यकिन हुन्छ। ०७५ माघ २८ बाट सुरु भएको यो चेकिङ केही समय, सञ्चालनपछि कोभिड लगायतले रोकिएकोमा पुनः गत असोज ३१ बाट सुरुवात भएको थियो। पछिल्लो पटक ४१ सवारीसाधनका चालक कारबाहीमा परेको महाशाखाले जनाएको छ। उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई वटा चालक अनिवार्य रूपमा राखी प्रत्येक ५ घण्टापछि पालै पालोसँग सवारी चलाउनुपर्छ। तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रूपले लामोदुरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालकको व्यवस्था छ।

News by दुई चालक नराख्ने लामोदुरीका ४१ बस कारबाहीमा :