चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 976 of 1152
  • 2026-11-22
  • 08:38:42
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, रविलाई सभापति घोषणा गर्ने तयारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीले आज अपराह्न ३ बजे बस्नेगरी बैठक आह्वान गरिएको रास्वपाका एक सदस्यले जानकारी दिए। नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसालापछि पार्टी सभापतिबाट राजीनामा दिएका रवि लामिछानेले आइतबार पुन: नागरिकता कायम गराएसँगै बैठक बस्न लागेको हो। लामिछानेलाई आइतबार नै फेरि पार्टी सभापति घोषणा गर्ने तयारी गरिएको बताइएको छ। बैठकमा आगामी रणनीतिका बारेमा पनि छलफल हुने छ।

News by रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, रविलाई सभापति घोषणा गर्ने तयारी :