चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 443 of 1152
  • 2026-11-22
  • 09:00:46
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रिय सभा बैठकको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ– आज (बुधबार) राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सदस्यहरूले सडकको कमजोर अवस्था, जाजरकोटका भूकम्पपीडितले हालसम्म राहत नपाएकादेखि लिएर निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाको पछि लाग्न नहुने धारणा राखेका हुन्। सदस्य कमला पन्तले २०७२ सालको भूकम्पमा परेका भूकम्पपीडितले केही राहत पाए पनि जाजरकोट भूकम्पका परेका पीडितले अहिलेसम्म पनि राहत नभएका भन्दै ती नागरिकलाई तत्काल राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । सदस्य नारायणदत्त मिश्रले देशको धेरैजसो स्थानका सडकहरूको अवस्था कमजोर हुनुका साथै खल्डाखुल्डी भएर कारण यात्रा गर्न कठिन भएको भन्दै डोटी जिल्लामा कालोपत्र गर्ने भनिएको सडक त्यतिकै अलपत्र परेकोप्रति सरकारको ध्यानाकर्षण गराए । सदस्य भुवनबहादुर सुवारले अघिल्लो आर्थिक वर्षमा दलितका लागि छुट्याइएको बजेट त्यतिकै फ्रिज भएको स्मरण गराउँदै वर्तमान सरकारको अर्थ मन्त्रालयले दलित समुदायका लागि रू। ५० करोड विनियोजन गरेकामा तत्काल त्यसको कार्यान्वयनका लागि ध्यानाकर्षण गराए। सदस्य युवराज शर्माले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीले सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग गर्दै मुलुकमा सुशासन कायम गर्नका लागि सरकारमा बस्ने व्यक्ति पारदर्शी हुनुपर्नेमा जोड दिए । सदस्य राजेन्द्रलक्ष्मी गैरेले देशका विभिन्न क्षेत्रमा सडकको अवस्था दयनीय भएको बताउँदै सडक निर्माणमा ध्यान नदिँदा यात्रुले समस्या भोग्नुपरेको परेकोप्रति सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय सभाका सदस्य सुरेशकुमार आलेमगरले गत भदौ २३ र २४ गतेको आन्दोलनमा ठुलो जनधनको क्षति भएको हुनाले उक्त घटनाका विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

News by राष्ट्रिय सभा बैठकको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण :