चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 5 of 1165
  • 2026-11-27
  • 17:14:38
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

लोक सेवा आयोगले सार्वजनिक गर्‍यो लेखा अधिकृतको लिखित परीक्षाको नतिजा

काठमाडौँ — लोक सेवा आयोगले लेखा अधिकृत पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बुधबार सूचना जारी गर्दै परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को विज्ञापन नम्बर ६४(६५/०८०/०८१ अन्तर्गत खुला तथा मधेशी समूहका लागि सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। प्रशासन सेवा, लेखा समूह, अधिकृतस्तर तृतीय श्रेणीको लेखा अधिकृत पदका लागि लिइएको उक्त लिखित परीक्षाको नतिजा आयोगले आफ्नो सूचनामार्फत सार्वजनिक गरेको हो। परीक्षाको नतिजासम्बन्धी विस्तृत विवरण आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।

यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को विज्ञापन नम्बर ६३/०८०-०८१ (आ.प्र.), प्रशासन सेवा, लेखा समूह, अधिकृत स्तर तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।

News by लोक सेवा आयोगले सार्वजनिक गर्‍यो लेखा अधिकृतको लिखित परीक्षाको नतिजा :