चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1087 of 1099
  • 2026-10-04
  • 15:13:31
  • आइतबार,आश्विन १८, २०८३

About Author

काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि अवरोध भएको छ। स्थानीय बासिन्दाले विरोध गरेपछि फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइट जान लागेका गाडी बाटोमै रोकिएका छन्। फोहोर फाल्ने ल्यान्डफिल्ड साइट जाने बाटो पर्ने कागतीमा गाडीले किचेर बाख्रा मरेपछि स्थानीय बासिन्दाले अवरोध गरेका छन्। यससँगै फोहोर फाल्न गएका गाडीले बाटोमा फोहोर फालेपछि विरोधमा उत्रिनु परेको स्थानीय बासिन्दाले बताएका छन्। वर्षाले मुर्खुमा पहिरो गएको थियो। दुई वटा गाडीले त्यही फोहोर फालेपछि स्थानीय बासिन्दाले अवरोध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए। “गाडीले बाख्रा मारेको भनेको छ, गाडीले मारेको हो की आफै मरेको हो एकीन छैन। वार्ताका लागि काठमाडौंबाट टोली गएको छ,” प्रवक्ता मानन्धरले भने। काठमाडौंबाट शनिबार फोहोरका १५२ वटा गाडी बञ्चरेडाँडा पुगेका थिए। दैनिक २५० देखि ३५० गाडीले फोहोर लग्ने महानगरको तयारी थियो। तर, स्थानीय बासिन्दासँगको विवादपछि फोहोर विसर्जन रोकिएको छ। पहिरो गएको ठाउँमा फोहोर फालेकाले स्थानीय बासिन्दा आक्रोसित भएको बताउँदै छलफल गरेर समस्या समाधान हुने प्रवक्ता मानन्धरको भनाइ छ। यसअघि सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइट जाने करीब दुई किलोमिटर बाटो मर्मत सम्पन्न नभएकाले फोहोर विर्सजन रोकिएको थियो। जसले गर्दा काठमाडौंका सडकमा फोहोर थुप्रिएको छ। हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर व्यवस्थापन हुँदै आएको छ। यसमा सबैभन्दा बढी काठमाडौं महानगरबाट पाँच सय मेट्रिक टन फोहोर निस्कने गरेको छ।

News by काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध :