फोहोर व्यवस्थापनमा सरकारको भर परे मेयर बालेन असफल हुनेछन् : सांसद भट्टराई - Chaitanya News
  • 2026-06-04
  • 04:37:48
  • बुधबार,जेठ २०, २०८३
  • फोहोर व्यवस्थापनमा सरकारको भर परे मेयर बालेन असफल हुनेछन् : सांसद भट्टराई

    फोहोर व्यवस्थापनमा सरकारको भर परे मेयर बालेन असफल हुनेछन् : सांसद भट्टराई

    काठमाडौं– एमाले सांसद योगेश भट्टराईले काठमाडौंको फोहोर नउठेको भन्दै काठमाडौंका मेयर बालेन्द्र शाहलाई सरकारको भर नपरी एमालेसँग सहकार्य गर्न आग्रह गरेका छन्।

    उनले एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएकाले मेयर शाहलाई पनि आफ्नो योजना लिएर आए सम्पूर्ण हिसाबमा पार्टीले सहयोग गर्ने बताएका हुन्।

    सरकारले फोहोर व्यवस्थापनका लागि केही गर्न नसक्ने र सरकारको भर परे मेयर बालेन्द्र शाह असफल हुने निश्चित छ र काठमाडौंको बर्बादी हुने पनि उनले बताए।