निजी क्षेत्रलाई पुनर्बीमा लाइसेन्स कुन आधारमा दिइएको हो : सांसद राजभण्डारी - Chaitanya News
  • 2026-04-19
  • 23:31:13
  • आइतबार,बैशाख ०६, २०८३
  • निजी क्षेत्रलाई पुनर्बीमा लाइसेन्स कुन आधारमा दिइएको हो : सांसद राजभण्डारी

    निजी क्षेत्रलाई पुनर्बीमा लाइसेन्स कुन आधारमा दिइएको हो : सांसद राजभण्डारी

    काठमाडौं– सांसद दिव्यमणि राजभण्डारीले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स कुन कानुनको आधारमा दिइएको भन्दै प्रश्न गरेका छन्। उनले बीमा विधेयकको दफा ८३ मा पुनबीमाको बारेमा बोलेको भएपनि बीमा समिति तथा प्राधिकरणमा पुनर्बीमाको लाइसेन्स दिने भनेर नलेखेको बताए।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले हिमालयन रि–इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनीको लाइसेन्स दिएको थियो।

    विगतको सरकारले एउटा प्राइभेट क्षेत्रले पुनर्बीमा लाइसेन्स पाएको छ, कुन कानुनको आधारमा पुनर्बीमा कम्पनी प्राइभेटलाई दिएको’ उनले भने, ‘जीवन र निर्जीवन बीमा कम्पनीमा ठूलो सेयरधनी भएको छ भने सेयर स्वामित्व मिलाउने भनेको छ, अब त्यसैले पुनर्बीमा कम्पनी पनि लाइसेन्स पाएको छ। यसमा स्वार्थ बाँझने हुन्छ कि हुँदैन?

    उनले बीम क्षेत्रमा विकृति रहेको बताए । ‘आफैं बोक्सी आफैं झाँक्री कतिपय कम्पनीमा देखिएको छ । यस्ता विकृति कसरी दाहोरिन नदिने भन्ने कुरा बीमा ऐनमा राख्न जरुरी छ।