सेटिङमा बजेट बन्ने स्थितिले मेरो मन पोलेको छ : ओली - Chaitanya News
  • 2026-04-19
  • 23:33:23
  • आइतबार,बैशाख ०६, २०८३
  • सेटिङमा बजेट बन्ने स्थितिले मेरो मन पोलेको छ : ओली

    सेटिङमा बजेट बन्ने स्थितिले मेरो मन पोलेको छ : ओली

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा .एमालेंं) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणको क्रममा करको दर हेरफेर गरिएको विषय फेरि उठाएका छन्।

    काठमाडौंमा आज (आइतबार) आयोजित राष्टिय युवा सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्। उनले सरकार कसैको मानपदवी बढाउन नभएर देशको विकास गर्न चाहिने पनि बताए। उनले सेटिङमा बजेट बन्ने तथा व्यापारीका प्रतिनिधिले करका दररेट तोक्ने स्थितिले आफ्नो मन पोलेको गुनासो पोखे।

    अध्यक्ष ओलीले आफ्नो कार्यकालमा सरकारसँग विकास–निर्माणका गर्न कहिल्यै पैसाको अभाव नभएको तर अहिलेको सरकारसँग भने काम गरिसकेको ठेकेदारलाई पनि भुक्तानी गर्ने पैसा नभएको आरोप लगाए। उनले देशको पैसा कहाँ गयो भनेर प्रश्न गरे।