चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 264 of 1156
  • 2026-11-23
  • 21:41:26
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सभामुखको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन एमालका सांसद महरको माग

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद ऐनबहादुर महरले प्रतिनिधि सभा बैठक सञ्चालनका क्रममा सभामुखले प्रयोग गरेको भनिएको अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउन माग गरेको छन। प्रतिनिधि सभा नियमावलीको नियम ५६ सम्बन्धी व्यवस्था गलत रूपमा व्याख्या गरिएको भन्दै महरले उक्त माग अघि सारेका हुन्। उनका अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि प्रश्न तीन दिनअघि नै बुझाउनुपर्ने प्रावधान छैन भन्ने सभामुखको व्याख्या नियमावली विपरीत भएको दाबी गरिएको छ। सोही कारण उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाइनुपर्ने माग गरिएको उनले बताए। आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले आकस्मिक रूपमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। सोही बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रश्न तीन दिनअघि नै सभामुखलाई उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको स्मरण गराएका थिए। तर सभामुख डोलप्रसाद अर्यालले भने त्यस्तो पूर्वशर्त अनिवार्य नभएको टिप्पणी गरेपछि विषयमा असहमति देखिएको थियो। सभामुखको सो व्याख्यालाई लिएर एमालेले नियमापत्ति गर्दै औपचारिक रूपमा अभिलेख सच्याउन माग गरेको हो।

News by सभामुखको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन एमालका सांसद महरको माग :