चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 886 of 1160
  • 2026-11-25
  • 19:24:05
  • बुधबार,मंसिर १०, २०८३

About Author

उपनिर्वाचनमा ठुला दललाई जनमत जोगाउन चुनौती


काठमाडौं - यही वैशाख १० गते तीन जिल्लाका तीन क्षेत्रमा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति, चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज र बारा २ बाट विजयी रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएका कारण ती क्षेत्रमा उपचुनाव हुन लागेको हो । उपनिर्वाचनलाई राजनीतिक दलहरूले आ-आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् भने राजनीतिक वृत्तमा यसलाई दलहरूको परीक्षणका रूपमा पनि हेरिएको छ । उपनिर्वाचनमा नयाँ अनुहार र मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित पनि उम्मेदवार छन् ।