चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 873 of 1160
  • 2026-11-26
  • 00:33:55
  • बुधबार,मंसिर १०, २०८३

About Author

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते

सिन्धुली -  बीपी राजमार्गको कमलामाई नगरपालिका–२ को पिपलभञ्ज्याङ घुम्तीमा आज (आइतबार) बिहान भएको कार दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा काभ्रे पनौती–७ का ४२ वर्षीय शिवशरण भुक्षिमय र सिन्धुलीको मरिण गाउँपालिका– ३ ठेगाना भई हाल काठमाडौं गौरीघाटकी ३८ वर्षीय सहारा प्रसाईंको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । कारमा तीन जना सवार थिए । दुर्घटना परी घाइते प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्को सवारीलाई साइड दिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

News by सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते :