चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 864 of 1160
  • 2026-11-26
  • 01:46:14
  • बुधबार,मंसिर १०, २०८३

About Author

शिवजी क्षेत्री निर्देशित जीवन साथीको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं- 'जीवन साथी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो विन्दवासिनी म्युजिक प्रालिको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा चर्चित मोडल गणेश भट्टको दमदार अभिनय रहेको छ। उनलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्। मित्र केसीको शब्द रचना रहेको गीतमा डा. शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ। गीतमा संगीत संयोजन विशाल निरौलाको रहेको छ। मुकेश हुमागाईंको सिनेग्राफि रहेको गीतको निर्देशन शिवजी क्षेत्रीले गरेका छन्। म्युजिक भिडियोको छायाङ्कन कुलेखानी आसपासका रमणीय क्षेत्रमा गरिएको छ। 'फिल्मी गीतका रूपमा रहेको जीवन साथीको अभिनयका लागि मैले सकेको मेहेनेत गरेको छु। गीतले दर्शकको मन जित्ने विश्वास छ। यसअघिका म अभिनित सबै गीतलाई दर्शकले रुचाइदिनु भएको छ। यो गीतलाई पनि उहाँहरूले रुचाउने विश्वास लिएको छु,' अभिनेता भट्ट भन्छन्। उनले रोमाञ्चक गीत भएकाले युवा पुस्ताको मनमा बस्न सक्ने विश्वास लिएका छन्।

News by शिवजी क्षेत्री निर्देशित जीवन साथीको म्युजिक भिडियो सार्वजनिक :