काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले राजपत्र अनंकित द्वितीय तह (खरिदार)को सरुवा रद्द गरेको जनाएको छ। आन्तरिक बढुवा खुल्नु भन्दा केहि दिन अगाडि सरुवा मिलाएर हाजिर गर्न दुगर्म जाने र बढुवा भएको केहि महिनामै सुगम खोज्ने क्रम बढेसँगै मन्त्रालयले सरुवा रद्द गरेको हो।
यसअघि पनि यही तरिकाले गुनासो आएपछि सामान्य प्रशासन मन्त्रालयले खरिदार सरहका कर्मचारीको सरुवा तथा पदस्थापनको कार्य फागुन मसान्तसम्मका लागि स्थगित गरेको थियो।
मन्त्रालयले यस अगाडि पनि २०७९ मंसिर २८ मै यस्तो परिपत्र गरी खरिदारको सरूवा तथा पदस्थापन रोक्का गरेकोमा २०७९ फागुन मसान्तसम्मका लागि स्थगित गरेकोमा अहिले पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमती बिना खरिदार तहका कर्मचारी बढुवा खानका लागिमात्र दुर्गममा जाने र बढुवा भएलगतै सुगममा फर्किने क्रम बढेको जसले गर्दा दुगर्ममा बसेर लामो समयदेखि कार्यरत कर्मचारीको बढुवामा प्रत्यक्ष असर परेको गुनासो आइहरेको भन्दै मन्त्रालयले सामान्यले खरिदार तहका कर्मचारीको सरुवा रद्द गरेको जनाएको छ।
