काठमाडौं- बाजुरामा आज फेरि भूकम्प गएको छ।
दिउँसो १ बजेर १७ मीनेटको समयमा भूकम्पनको धक्का महसुस गरिएको बताइएको छ। दिउँसो बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ।
बाजुराको दहकोटमा यसअघि शनिबार पनि तीन पटक स-साना भूकम्प गएको थियो।