चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 274 of 1166
  • 2026-11-29
  • 11:58:06
  • आइतबार,मंसिर १४, २०८३

About Author

‘भिजिट भिसा’ दुरुपयोग नियन्त्रणका लागि कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘भिजिट भिसा’ प्रणालीको दुरुपयोग रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी दिएका छन्। आज (आइतबार) प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भिजिट भिसासम्बन्धी प्रक्रिया र त्यसमा देखिएका चुनौतीबारे सरकारको धारणा प्रस्तुत गरेका हुन्। उनका अनुसार भिजिट भिसामा विदेश पुगेपछि रोजगारीका लागि अनुमति प्राप्त भए पनि श्रम भिसा प्रक्रियाका लागि स्वदेश फर्कनुपर्ने अवस्थाबारे पनि अध्ययन भइरहेको छ। सो व्यवस्थालाई सहज बनाउन श्रम मन्त्रालयले वैकल्पिक प्रक्रियामा काम गरिरहेको उनले बताए। यसैबीच, विद्युत् उपभोगमा लागु गरिएको मूल्य अभिवृद्धि करसम्बन्धी प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विद्युत् पूर्वाधार विस्तारका लागि आवश्यक स्रोत जुटाउन उक्त कर व्यवस्था गरिएको स्पष्ट पारे। उनका अनुसार देशलाई तत्काल पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण गर्न सम्भव नभएकाले प्रसारण प्रणाली, सबस्टेसन तथा ट्रान्सफर्मरको क्षमता विस्तार अनिवार्य छ। प्रधानमन्त्री शाहले हालको पूर्वाधारले घरायसी स्तरमा ठूलो मात्रामा विद्युतीय चुल्हो वा इन्डक्सन प्रयोग धान्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै संरचनागत क्षमता विकासका लागि लगानी आवश्यक रहेको बताए। त्यसैका लागि विद्युत् उपभोगमा तोकिएको सीमाभन्दा माथि कर लगाइएको र त्यसबाट संकलित रकम पूर्वाधार सुधारमा प्रयोग गरिने उनले स्पष्ट पारेका छन्।

News by ‘भिजिट भिसा’ दुरुपयोग नियन्त्रणका लागि कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन :