चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1091 of 1099
  • 2026-10-04
  • 11:55:10
  • आइतबार,आश्विन १८, २०८३

About Author

बझाङमा एकै परिवारका तीन जना रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

धनगढी– बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ। मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए। उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ। स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिइएको छ।

News by बझाङमा एकै परिवारका तीन जना रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए :