चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 7 of 1116
  • 2026-10-16
  • 18:30:03
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

उखु किसानलाई डेढ अर्बभन्दा बढी अनुदान, प्रतिक्विन्टल ७० रुपैयाँका दरले रकम वितरण हुने

काठमाडौँ– सरकारले उखु खेतीमा किसानलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु उत्पादक किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेसँगै रकम वितरणको प्रक्रिया अघि बढ्ने भएको हो। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ। सरकारले उखु किसानलाई उत्पादनका आधारमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ। उखु खेतीप्रति किसानलाई आकर्षित गर्ने, कृषि उत्पादन बढाउने र किसानको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यस्तो अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको हो। स्वीकृत कार्यविधिअनुसार अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउने र उखु उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

News by उखु किसानलाई डेढ अर्बभन्दा बढी अनुदान, प्रतिक्विन्टल ७० रुपैयाँका दरले रकम वितरण हुने :