चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 5 of 1113
  • 2026-10-12
  • 19:19:14
  • सोमबार,आश्विन २६, २०८३

About Author

एक घण्टा ढिलो सुरु भयो काँग्रेस महाधिवेशनको मतदान, ७ हजारभन्दा बढी प्रतिनिधिले मत हाल्दै

काठमाडौँ– नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने तय भएको मतदान एक घण्टा ढिलो गरी बिहान ८ बजेदेखि सुरु भएको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि दुई स्थानमा व्यवस्था मिलाइएको छ। राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन्। यस्तै, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गरिरहेका छन्। मतदान सम्पन्न भएपछि आजै मतगणना गर्ने तयारी रहेको छ। यससँगै काँग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ।

News by एक घण्टा ढिलो सुरु भयो काँग्रेस महाधिवेशनको मतदान, ७ हजारभन्दा बढी प्रतिनिधिले मत हाल्दै :